कक्षा १२ परीक्षाफलमा त्रुटि भएको आरोप, माइतीघरमा विद्यार्थीको प्रदर्शन
काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सामान्य समयभन्दा निकै छिटो, करिब ४० दिनभित्रै सार्वजनिक गरेपछि नतिजामा त्रुटि र अनियमितता भएको आरोप लगाउँदै विद्यार्थीहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।बिहीबार कक्षा १२ का विद्यार्थीहरू ठूलो संख्यामा काठमाडौँको माइतीघर मण्डलामा भेला भई शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका थिए।

