सोमबार, आश्विन १९,२०८३ 05:14:41
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 05:14:41
Bizshala
Global IME Bank Limited

कक्षा १२ परीक्षाफलमा त्रुटि भएको आरोप, माइतीघरमा विद्यार्थीको प्रदर्शन

Bizshala
कक्षा १२ परीक्षाफलमा त्रुटि भएको आरोप, माइतीघरमा विद्यार्थीको प्रदर्शन
New Office

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सामान्य समयभन्दा निकै छिटो, करिब ४० दिनभित्रै सार्वजनिक गरेपछि नतिजामा त्रुटि र अनियमितता भएको आरोप लगाउँदै विद्यार्थीहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।

बिहीबार कक्षा १२ का विद्यार्थीहरू ठूलो संख्यामा काठमाडौँको माइतीघर मण्डलामा भेला भई शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका थिए। 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनीहरूले प्लेकार्ड प्रदर्शन गर्दै र नाराबाजी गर्दै परीक्षा प्रणाली र नतिजा प्रकाशन प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।  

विद्यार्थीहरूको दाबी अनुसार, शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा परीक्षा बोर्डले अत्यन्तै छोटो समयमै परीक्षाफल प्रकाशित गरेको हो, जसका कारण उत्तरपुस्तिका परीक्षण, अंक गणना तथा डेटा इन्ट्रीजस्ता प्रक्रियामा पर्याप्त समय नदिइएको उनीहरूको आरोप छ।

विद्यार्थीहरूले यस्तो हतारोका कारण धेरैको नतिजामा गम्भीर त्रुटि देखिएको बताएका छन्।  

कतिपय विद्यार्थीले आफूले राम्रो परीक्षा दिएको भएपनि अपेक्षाभन्दा कम अंक आएको, केही विषयमा अनपेक्षित रूपमा अनुत्तीर्ण देखिएको तथा ग्रेडिङमा असंगति भएको जस्ता समस्या देखिएको गुनासो गरेका छन्।  

यसले गर्दा ठूलो संख्यामा विद्यार्थीहरू पुनर्योग (re-totaling/re-checking) गर्न बाध्य भएको उनीहरूको भनाइ छ, जसले थप मानसिक तनाव र आर्थिक भार सिर्जना गरेको उनीहरूले बताएका छन्।

त्यसैगरी, विद्यार्थीहरूले पुनर्योग तथा मौका परीक्षा प्रक्रियाका लागि तोकिएको शुल्कप्रति पनि आपत्ति जनाएका छन्।  

उनीहरूका अनुसार, एउटा विषयको पुनर्योग गर्न एक हजार रुपैयाँ शुल्क तोकिएको छ, जुन धेरै विद्यार्थी र अभिभावकका लागि महँगो र असहज भएको उनीहरूको तर्क छ।  

केही विद्यार्थीले आर्थिक अवस्था कमजोर भएकाहरूका लागि यो शुल्कले न्यायिक पहुँचमै बाधा पुर्‍याउने बताएका छन्।

विद्यार्थीहरूले परीक्षा प्रणालीलाई अझ पारदर्शी, विश्वसनीय र विद्यार्थीमैत्री बनाउन माग गर्दै सम्बन्धित निकायसँग नतिजा पुनः जाँच, त्रुटि सच्याउने स्पष्ट प्रक्रिया, र पुनर्योग तथा मौका परीक्षाको शुल्क घटाउने विषयमा तत्काल कदम चाल्न आग्रह गरेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.