काँकडभिट्टा नाकाबाट सात महिनामा ११ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म पूर्वी नाका काँकडभिट्टा बाट ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।मेची भन्सार कार्यालयकाका अनुसार उक्त अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र मट्टितेल आयात भएको हो।अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थ आयात ६० करोड २० लाख १० हजार...

