पर्यटकलाई घोडा चढाएरै दैनिक ५ हजारसम्म कमाउँछन् किसान, पर्यटन बन्यो आम्दानीको आकर्षक स्रोत
काठमाण्डौ । परम्परागत खेतीपातीमा निर्भर इलामको कन्यामका किसान पछिल्लो समय पर्यटन व्यवसायबाट राम्रो आम्दानी गर्न थालेका छन्। पर्यटकीय क्षेत्रमा घोडचढीप्रतिको आकर्षण बढेसँगै स्थानीय किसानले घोडा पालेर पर्यटक घुमाउने व्यवसायलाई आम्दानीको महत्वपूर्ण माध्यम बनाएका हुन्।इलामको सूर्योदय नगरपालिका–७ कन्यामका सोमबहादुर तामाङ यसका उदाहरण हुन्। उनको दैनिकी बिहानै घोडाको...

