भिडियो बनाउने क्रममा महाकालीमा खसेर १५ वर्षीया किशोरी बेपत्ता
काठमाण्डौ । दोधारा–चाँदनी नगरपालिका–१० स्थित खड्खदे नजिक भिडियो बनाउने क्रममा महाकाली नदीमा खसेर एक किशोरी बेपत्ता भएकी छन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार स्थानीय १५ वर्षीया सृष्टि सुनार नदीमा खसेर बेपत्ता भएकी हुन्।घटनासँग सम्बन्धित भिडियोसमेत सार्वजनिक भएको छ। उक्त भिडियोमा किशोरी नदीतर्फ खसेको दृश्य देखिएको प्रहरीले जनाएको छ।

