काठमाण्डौ । दोधारा–चाँदनी नगरपालिका–१० स्थित खड्खदे नजिक भिडियो बनाउने क्रममा महाकाली नदीमा खसेर एक किशोरी बेपत्ता भएकी छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार स्थानीय १५ वर्षीया सृष्टि सुनार नदीमा खसेर बेपत्ता भएकी हुन्।
घटनासँग सम्बन्धित भिडियोसमेत सार्वजनिक भएको छ। उक्त भिडियोमा किशोरी नदीतर्फ खसेको दृश्य देखिएको प्रहरीले जनाएको छ।
घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाका अनुसार बेपत्ता किशोरीको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रहरीले नदीको बहाव र आसपासका क्षेत्रमा केन्द्रित भएर खोजी गरिरहेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।