कान्ति लोकपथ मंसिर २० गतेदेखि दैनिक ६ घण्टा बन्द हुने
काठमाण्डौ । कान्ति लोकपथमा मङ्सिर २० गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । काठमाण्डौ–हेटौडा जोड्ने यो सडक विभिन्न भागमा फराकिलो बनाउन र वर्षा याममा गएको पहिरो पन्छाउन मङ्सिर २० गतेबाट ६० दिनसम्म ६ घण्टा बन्द रहने छ ।

