काठमाण्डौ । कान्ति लोकपथमा मङ्सिर २० गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । काठमाण्डौ–हेटौडा जोड्ने यो सडक विभिन्न भागमा फराकिलो बनाउन र वर्षा याममा गएको पहिरो पन्छाउन मङ्सिर २० गतेबाट ६० दिनसम्म ६ घण्टा बन्द रहने छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सार्वजनिक सूचना जारी गर्दै यसबारे जानकारी दिएका हो । सूचनाका अनुसार बिहान ११ देखि अपराह्न ५ बजेसम्म सवारी साधन आउजाउमा रोक लगाइने छ । यस्तै यो राजमार्ग भएर यात्रा गर्ने सवारी साधनहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत आग्रह गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।