कान्तीलोकपथसहित चार राजमार्ग पूर्ण रूपमा बन्द
काठमाण्डौं । वर्षासँगै आएको बाढी–पहिरोका कारण देशका विभिन्न राजमार्गहरू आज पनि अवरुद्ध भएका छन्।प्रहरीका अनुसार कान्तीलोकपथसहित चार प्रमुख राजमार्ग पूर्ण रूपमा बन्द रहेका छन्। ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुर र मकवानपुरको भिमफेदी गाउँपालिका–८ भन्ज्याङडाँडामा पहिरो खस्दा काठमाडौँ–हेटौँडा जोड्ने छोटो मार्ग कान्तीलोकपथ गएरातिदेखि अवरुद्ध बनेको हो।

