सोमबार, असार १५,२०८३ 06:36:45
Bizshala
  • सोमबार, असार १५,२०८३ 06:36:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कान्तीलोकपथसहित चार राजमार्ग पूर्ण रूपमा बन्द

Laxmi Sunrise Bank Limited
कान्तीलोकपथसहित चार राजमार्ग पूर्ण रूपमा बन्द

काठमाण्डौं । वर्षासँगै आएको बाढी–पहिरोका कारण देशका विभिन्न राजमार्गहरू आज पनि अवरुद्ध भएका छन्।

प्रहरीका अनुसार कान्तीलोकपथसहित चार प्रमुख राजमार्ग पूर्ण रूपमा बन्द रहेका छन्।  

ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुर र मकवानपुरको भिमफेदी गाउँपालिका–८ भन्ज्याङडाँडामा पहिरो खस्दा काठमाडौँ–हेटौँडा जोड्ने छोटो मार्ग कान्तीलोकपथ गएरातिदेखि अवरुद्ध बनेको हो।

New Office
CG Motors
Garima Development Bank

राजमार्ग बन्द हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् भने सवारी साधनको लाम लागेको छ।

त्यसैगरी सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ कोदारीस्थित इकु क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङमा पहिरो खस्दा मध्यपहाडी राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै भोजपुर र म्याग्दीका केही स्थानमा पहिरोका कारण सडक एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेका छन्।

भोजपुर नगरपालिका–५ बोखिम र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथले क्षेत्रमा पहिरो खसेपछि यातायात प्रभावित बनेको हो।

अवरुद्ध सडक खुलाउने काम भइरहेको र पहिरो पन्छाएर सवारी सञ्चालन सुचारु गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.