कर्णाली सरकारको बजेट कार्यान्वयन ६१.९७% मा सीमित
काठमाण्डौ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको ६१.९७ प्रतिशत मात्र कार्यान्वयन गर्न सकेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार विनियोजित ३३ अर्ब १९ करोड ३६ लाख ५५ हजार रुपैयाँमध्ये २० अर्ब ५७ करोड १२ लाख ८ हजार ३७८ रुपैयाँ खर्च भएको छ। बाँकी १२ अर्ब ६२ करोड २४ लाख ४६ हजार ६२२ रुपैयाँ खर्च हुन नसकी राज्यको मूल खातामा फिर्ता भएको छ।प्रदेश लेखा नियन्त्रक...

