चिनीको मूल्य बढ्यो, किलोमा १२० रुपैयाँ पुग्यो
काठमाण्डौ। चिनीको मूल्य लगातार बढ्दै गएको छ। १०० रुपैयाँ रहेको चिनीको मूल्य बढेर १२० रुपैयाँ पुगेको छ। खुद्रा व्यापार संघका अनुसार उपभोक्ताले प्रतिकिलो चिनीको १२० रुपैयाँ तिर्नुपर्ने भएको छ। उक्त मूल्य उद्योगबाटै बढेर आएको जनाइएको छ।भारतले २०२३ जुन १ देखि अक्टोबर ३१ सम्म चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो। गत वर्ष अक्टोबरमा उक्त प्रतिबन्ध एक वर्ष बढाउने निर्णय भारतले...