बिहीबार, कार्तिक ८,२०८१ 08:10:47
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 08:10:47
IME remit
Global IME Bank Limited

चिनीको मूल्य बढ्यो, किलोमा १२० रुपैयाँ पुग्यो

Hyundai Nepal
चिनीको मूल्य बढ्यो, किलोमा १२० रुपैयाँ पुग्यो
Nabil Bank Limited

काठमाण्डौ। चिनीको मूल्य लगातार बढ्दै गएको छ। १०० रुपैयाँ रहेको चिनीको मूल्य बढेर १२० रुपैयाँ पुगेको छ। खुद्रा व्यापार संघका अनुसार उपभोक्ताले प्रतिकिलो चिनीको १२० रुपैयाँ तिर्नुपर्ने भएको छ। उक्त मूल्य उद्योगबाटै बढेर आएको जनाइएको छ।

भारतले २०२३ जुन १ देखि अक्टोबर ३१ सम्म चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो। गत वर्ष अक्टोबरमा उक्त प्रतिबन्ध एक वर्ष बढाउने निर्णय भारतले गरेको थियो। 

Bizshala
Shivam Cement
CG Motors

निर्यातमा प्रतिबन्ध लगाए पनि भारतले नेपालमा भने २५ हजार मेट्रिक टनसम्म चिनी निर्यात गर्ने कोटा दिएको थियो। तर उक्त कोटाअनुसार चिनी आयात गर्न नसक्दा नेपालमा चिनीको मूल्य बढ्दै गएको बताइएको छ।

गत वर्ष चाँडपर्वका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई १०र१० हजार टन आयातको जिम्मा दिएको थियो। 

चाँडपर्व नजिकिँदै जाँदा यस वर्ष पनि चिनी आयात अल्मलमै रहेकाले दशैंतिहारको बेला गतवर्षकै अवस्था दोहोरिने खुद्रा व्यापार संघले जनाएको छ। 

यस वर्ष यस्तै अवस्था रहे दशैँतिहारमा चिनीको मूल्य प्रतिकिलो १५० रुपैयाँसम्म पुग्ने बताइएको छ।

जसकारण गत वर्षदेखि नै चिनीको मूल्य बढ्दै गएको छ। त्यसको मौका छोप्दै उद्योगी व्यवसायीले भने मूल्य बढाउन थालेका छन् ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.