दशैंमा यात्रुलाई बासी खाना बेचे कारबाही हुने, राजमार्गका होटललाई खाद्य विभागको १३ बुँदे निर्देशन
काठमाण्डौ । चाडपर्वमा राजमार्ग हुँदै यात्रा गर्ने यात्रुलाई बासी, सडेगलेका तथा अस्वच्छ खानेकुरा बिक्री नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य व्यवसायीलाई सचेत गराएको छ। विभागले तोकिएका स्वच्छता तथा गुणस्तरका मापदण्ड पालना नगरे खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने चेतावनी दिएको हो।असोज २९ गते जारी सूचनामार्फत विभागले दशैं, तिहार र छठलगायत...

