NEWS

स्थापनाको ५ वर्षपछि पहिलो साधारण सभा आयोजना गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी

काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना भएको करिब ५ वर्षपछि पहिलो वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। गत पुस ६ गते गोरखापत्र दैनिकमा पुस २७ गते कम्पनीको प्रथम वार्षिक साधारण सभा गर्ने भनी सूचना प्रकाशित भएको थियो । तर कम्पनीले विशेष कारणले मिति परिवर्तन गरी पुस  २९ गते काठमाण्डौमा सभा आयोजना गर्ने जनाएको छ।