अभिकर्ता पेशामा जम्दै कृष्ण भट्टराई, रु.४.२४ करोड प्रिमियम संकलन गरेर टिमबाट बने नेपाल टप
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सका अभिकर्ता कृष्ण बहादुर भट्टराई टिमबाट ‘नेपाल टप अभिकर्ता’ बन्न सफल भएका छन् । टिमबाट ४ करोड २४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरी भट्टराई हिमालयन लाइफको नेपाल टप एजेन्सी म्यानेजर बन्न सफल भएका हुन् । गण्डकी प्रदेश, पोखरा–८ स्थायी ठेगाना भएका भट्टराई विगत १७ वर्षदेखि सक्रिय अभिकर्ताका रुपमा लागिपरेका छन् । साविक गुराँस लाइफ...