आईतवार, भाद्र २३,२०८१ 07:35:46
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:35:46
IME remit
Global IME Bank Limited

अभिकर्ता पेशामा जम्दै कृष्ण भट्टराई, रु.४.२४ करोड प्रिमियम संकलन गरेर टिमबाट बने नेपाल टप

Hyundai Nepal
अभिकर्ता पेशामा जम्दै कृष्ण भट्टराई, रु.४.२४ करोड प्रिमियम संकलन गरेर टिमबाट बने नेपाल टप
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सका अभिकर्ता कृष्ण बहादुर भट्टराई टिमबाट ‘नेपाल टप अभिकर्ता’ बन्न सफल भएका छन् । टिमबाट ४ करोड २४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरी भट्टराई हिमालयन लाइफको नेपाल टप एजेन्सी म्यानेजर बन्न सफल भएका हुन् ।  

गण्डकी प्रदेश, पोखरा–८ स्थायी ठेगाना भएका भट्टराई विगत १७ वर्षदेखि सक्रिय अभिकर्ताका रुपमा लागिपरेका छन् । साविक गुराँस लाइफ इन्स्योरेन्सबाट आएका भट्टराईले आफ्नो टिमबाट सर्वाधिक प्रिमियम संकलन गरेर नेपाल टप बन्न सफल भएका हुन् ।  

हिमालयन लाइफ इन्स्योरेन्समा आबद्ध पोखराका अभिकर्ताहरु यतिबेला सक्रिय रुपमा लागिपरेका छन् । भट्टराईकै साथी सर्कलमा रहेका अभिकर्ता रेशम गौतम पनि अभिकर्ता पेशमा जमिरहेका छन् । गौतम ६औं पटक एमडीआरटी क्वालिफाइड भइसकेका छन् भने भट्टराई ७ औं पटक एमडीआरटी क्वालिफाइड भएका छन् ।

बीमा रत्न अवार्ड तथा ६औं पटक एमडीआरटी बनेका रेशम गौतमले आफुजस्तै मिहिनेती सहयात्री पाएकोमा खुशी व्यक्त गरेका छन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पोखराका अभिकर्ताहरु अहिले बीमा क्षेत्रमा सक्रिय रुपमा लागिपरेका छन् । गौतम विगत ८ वर्षदेखि पोखराको लेकसाइडमा ‘बुद्ध प्याराग्लाइडिङ’ नामक पर्यटन व्यवसाय समेत गर्दै आएका छन्  भने भट्टराई अभिकर्ता पेशासँगै शिक्षण पेशालाई समेत अगाँल्दै अघि बढेका छन् ।  

१७ वर्षे बीमा क्षेत्रको यात्रामा भट्टराईले धेरै उपलब्धी प्राप्त गरेका छन् । साविक गुराँस लाइफ इन्स्योरेन्सबाट आएका उनले हिमालयन लाइफ बनिसकेपछि आफ्नो टिमबाट सर्वाधिक प्रिमियम संकलन गरेका हुन् । गत आर्थिक वर्षमा टिमबाट सवा ४ करोड बीमाशुल्क आर्जन गरेर नेपाल टप अभिकर्ता बन्न सफल भएका छन् ।

योसँगै बीमा अभिकर्ता पेशाले आफ्नो व्यक्तित्व विकासमा समेत ठूलो टेवा पुर्याएको भट्टराई बताउँछन् । ‘विगत १७ वर्षदेखि बीमा क्षेत्रमा आबद्ध छु, यो क्षेत्रले मलाई आफ्नो व्यक्तित्व विकास गराउनमा ठूलो सहयोग पुर्याएको छ’ उनले भने, ‘फाइनान्सियल सर्पोटसँगै बोल्ने शैलीको विकास, नेटवर्किङ तथा सम्बन्ध र कोसँग कसरी बोल्ने जस्ता बानीको विकास भएको छ ।’

बीमा क्षेत्रमा लामो समय विताइसकेका भट्टराईले यो पेशालाई समाज सेवाको रुपमा हेर्ने गरेको उनी बताउँछन् । ‘एउटा अभिकर्ता भइसकेपछि बीमा बिक्री गर्न मात्र नभई समाज सेवाको भावना राखेर सेवक पनि बन्न सक्नुपर्छ’ उनले भने, ‘अहिलेको समयमा जीवन बीमा गास, बास र कपास जस्तो आवश्यक बनिसकेको छ, यसर्थ सर्वसाधारणहरुलाई बीमाको आवश्यकता बारे बुझाउन एकदम जरुरी छ ।’

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X