असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण शुरु हुने
काठमाण्डौ । सरकारले भूमि अधिकारबाट वञ्चित सुकुमवासी नागरिकलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्ने प्रक्रिया आगामी असारको तेस्रो सातादेखि शुरु गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले प्रतिनिधिसभामा उक्त जानकारी दिएकी हुन्।

