चितवन, झापा र रुपन्देहीका ५७ परिवारले पाए लालपुर्जा
काठमाण्डौ । चितवन, झापा र रुपन्देहीका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी ५७ परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।सम्बन्धित जिल्लाका भूमि समस्या समाधान समितिमार्फत ती परिवारलाई लालपुर्जा वितरण गरिएको हो।चितवनको इच्छाकामना गाउँपालिका–७ का ३२ भूमिहीन सुकुम्बासी र १ भूमिहीन दलित परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन्।...

