शनिबार, कार्तिक ७,२०८३ 10:07:30
  • शनिबार, कार्तिक ७,२०८३ 10:07:30
Global IME Bank Limited

दशकौँको बसोबास भएपनि भूमिहीन तथा सुकुम्बासी समुदायको लालपुर्जा अनिश्चित, कानूनी गाँठो मुख्य बाधा

Bizshala
दशकौँको बसोबास भएपनि भूमिहीन तथा सुकुम्बासी समुदायको  लालपुर्जा अनिश्चित, कानूनी गाँठो मुख्य बाधा
New Office

काठमाण्डौं, तनहुँमा दशकौँदेखि जग्गा स्वामित्वको आशामा बसेका भूमिहीन तथा सुकुम्बासी समुदायको लालपुर्जा पाउने प्रक्रिया कानूनी र प्राविधिक जटिलतामा अड्किएको छ।  

वन ऐनका कडा प्रावधान र भूमि नापीसम्बन्धी व्यवस्थाबीचको द्वन्द्वले वितरण प्रक्रिया अन्योलमा पुगेको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

वन ऐन २०७६ का दफा ७ र १२ अनुसार स्रेस्ता वा नक्सा नभएको सबै जग्गा स्वतः वन क्षेत्र मानिने भएकाले त्यस्ता स्थानमा लालपुर्जा वितरण गर्न कानुनी रूपमा रोक छ।  

यही व्यवस्थाका कारण लामो समयदेखि बसोबास गर्दै आएका वास्तविक भूमिहीनहरू समेत प्रक्रिया बाहिरिने अवस्था बनेको छ।

भूमि समस्या समाधान आयोगका अनुसार दर्ता प्रक्रियामा आएका धेरै निवेदन वन क्षेत्रसँग जोडिएका वा अभिलेखविहीन भएकाले स्वीकृत गर्न कठिनाइ भएको छ।

जिल्ला समितिका पदाधिकारीहरूले ऐन संशोधन नभएसम्म ठूलो संख्यामा भूमिहीनले पुर्जा पाउने सम्भावना सीमित रहने बताएका छन्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

प्राविधिक पक्ष पनि अर्को ठूलो बाधा बनेको छ। फिल्डबुक अभाव, पर्याप्त जनशक्ति नहुनु र केही प्राविधिक कर्मचारीको बीचमै राजीनामाले काम थप सुस्त बनेको छ।  

आयोगले केही व्यक्तिका लागि पुर्जा वितरणको तयारी गरे पनि आवश्यक कागजात उपलब्ध नहुँदा प्रक्रिया रोकिएको छ।

तनहुँमा हाल हजारौँ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा दर्ताका लागि नाम दर्ता गराएका छन्।  

तर कानूनी अस्पष्टता र प्रशासनिक कमजोरीका कारण उनीहरूको दशकौँदेखिको स्थायी बसोबासको सपना अझै अधुरै रहेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.