एलजीले भारु.१५ हजार करोडको आईपीओ जारी गर्न पायो अनुमति, भारतीय बजारको पाँचौ ठूलो हुने
काठमाण्डौ । दक्षिण कोरियाली कम्पनी ‘एलजी इलेक्ट्रोनिक्स’ले भारतीय सेयर बजारमा आईपीओ जारी गर्न अनुमति पाएको छ । भारतीय पूँजीबजार नियामक ‘सेक्युरिटी एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी)ले एलजीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । यो आईपीओको आकार १५ हजार करोड भारु हुनेछ । यो इस्यु अफर फर सेल हो । यसका माध्यमबाट भारु. १० फेयर भ्यालुको १०.१८ करोड इक्विटी सेयर बिक्री गरिनेछ ।...