लगानी बोर्ड नेतृत्वका लागि नयाँ दरखास्त खुला, १५ दिनको समयसीमा
काठमाण्डौ । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि नयाँ आवेदन आह्वान गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सीईओ सिफारिस समितिको सचिवालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।

