काठमाण्डौ। गत आर्थिक वर्षमा लगानी बोर्डले २ खर्ब ७१ अर्ब २६ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा बोर्डले ९ वटा परियोजनाका लागि २ खर्ब ७१ अर्ब रुपैयाँभन्दा बढीको लगानी स्वीकृत गरेको जनाएको छ।
बोर्डका अनुसार उल्लेख्य लगानी भित्र्याउने गरी स्वीकृत गरिएको छ। जसमा अरुण तेस्रो जलविद्युत परियोजनाको ७५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ भने ट्रान्समिशन लाइनतर्फ ३८.२१ प्रतिशत निर्माण कार्यप्रगति भएको छ।
त्यसैगरी तल्लो अरुण जलविद्युत परियोजना, माथिल्लो त्रिशूली जलविद्युत परियोजना,अपर मर्स्याङ्दी जलविद्युत परियोजना, सौर्य ऊर्जा परियोजना,रासायनिक मल कारखानाको विस्तृत सम्भाव्यता अध्ययन,पश्चिम सेती नदी जलविद्युत परियोजनाको काम प्रक्रिया अगाडि बढेको बताउँदै बोर्डको कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न गरेको कामको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार बुझाउँदै यस्तो जनाएको हो।