१४ बुँदे सहमतिपछि लघुवित्त ऋणीको धर्ना स्थगित, ३२३ जना घर फर्किए
काठमाण्डौ । सरकारसँग १४ बुँदे सहमति भएपछि ललितपुरको पुल्चोकमा धर्नारत लघुवित्त ऋणीहरूले आन्दोलन स्थगित गरी घर फर्किएका छन्।नेपाल सरकार र लघुवित्त ऋणीका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १४ बुँदे सहमति जुटेपछि लामो समयदेखि जारी धर्ना स्थगित गरिएको हो। सहमतिसँगै आन्दोलनमा सहभागी ऋणीहरू आइतबार बिहान आ–आफ्नो गृहजिल्लातर्फ लागेका छन्।

