दूधे बच्चा काखमा, बिरामी शरीर लिएर लघुवित्त पीडितको ‘राजधानी मार्च’
काठमाण्डौ । लघुवित्त संस्थाको ऋण, चर्को ब्याज र असुली प्रक्रियाबाट पीडित भएको बताउँदै देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका नागरिकहरूले आइतबार ‘राजधानी मार्च’ गरेका छन्।काठमाडौंको बल्खुबाट सुरु भएको मार्चमा सहभागी पीडितहरू नाराबाजीसहित भद्रकालीसम्म पैदल पुगेका थिए। भद्रकालीमा आयोजित कोणसभामा उनीहरूले लघुवित्तको ऋणका कारण सर्वसाधारणको घरबार उठ्ने अवस्था आएको...

