आईतवार, श्रावण १०,२०८३ 05:45:52
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 05:45:52
Bizshala
Global IME Bank Limited

दूधे बच्चा काखमा, बिरामी शरीर लिएर लघुवित्त पीडितको ‘राजधानी मार्च’

दूधे बच्चा काखमा, बिरामी शरीर लिएर लघुवित्त पीडितको ‘राजधानी मार्च’
New Office

 

काठमाण्डौ । लघुवित्त संस्थाको ऋण, चर्को ब्याज र असुली प्रक्रियाबाट पीडित भएको बताउँदै देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका नागरिकहरूले आइतबार ‘राजधानी मार्च’ गरेका छन्।

काठमाडौंको बल्खुबाट सुरु भएको मार्चमा सहभागी पीडितहरू नाराबाजीसहित भद्रकालीसम्म पैदल पुगेका थिए। भद्रकालीमा आयोजित कोणसभामा उनीहरूले लघुवित्तको ऋणका कारण सर्वसाधारणको घरबार उठ्ने अवस्था आएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारसँग माग गरे।

मार्चमा महिला, ज्येष्ठ नागरिक र बिरामी व्यक्तिहरूको उल्लेख्य सहभागिता थियो। कतिपय महिला दूधे बच्चा काखमा बोकेर लामो दूरीसम्म पैदल हिँडेका थिए भने स्वास्थ्य समस्या भएका व्यक्तिहरू पनि आन्दोलनमा सहभागी भएका थिए।

कोणसभा सम्पन्न भएपछि आन्दोलनरत पीडितहरू सुन्धारा पुगेका छन्। उनीहरू सुन्धारा क्षेत्रका फल्चा र सार्वजनिक स्थानमा बस्न थालेका छन्। विभिन्न जिल्लाबाट आएका पीडितहरूका लागि व्यवस्थित बसोबासको व्यवस्था नभएपछि उनीहरू खुला तथा सार्वजनिक स्थानमै रात बिताउने तयारीमा छन्।

आन्दोलनकारीहरूले ऋणको पुनर्संरचना, अनुचित ब्याज तथा जरिवाना खारेजी, जबर्जस्ती असुली रोक्नुपर्ने र लघुवित्तसम्बन्धी समस्या समाधानका लागि सरकारले दीर्घकालीन नीति ल्याउनुपर्ने माग राखेका छन्।

सरकारले आफ्ना मागलाई गम्भीरतापूर्वक सम्बोधन नगरेसम्म राजधानी केन्द्रित आन्दोलनलाई निरन्तरता दिने उनीहरूले चेतावनी दिएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.