जीवन बीमा कम्पनीले संकलन गरे रु.१.४० खर्ब प्रिमियम, सबैको व्यवसाय ग्रोथ
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले करिब १ खर्ब रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको तेस्रो त्रैमाससम्म १४ जीवन बीमा कम्पनीले १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् । यो प्रिमियम रकम गत आवको सोही अवधिसम्मको तुलनामा ११.३१ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब...

