आईतवार, श्रावण १०,२०८३ 07:26:43
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 07:26:43
Bizshala
Global IME Bank Limited

जीवन बीमा कम्पनीले संकलन गरे रु.१.४० खर्ब प्रिमियम, सबैको व्यवसाय ग्रोथ

जीवन बीमा कम्पनीले  संकलन गरे रु.१.४० खर्ब प्रिमियम, सबैको व्यवसाय ग्रोथ
New Office

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले करिब १ खर्ब रुपैयाँ  बराबरको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको तेस्रो त्रैमाससम्म १४ जीवन बीमा कम्पनीले १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् ।  

यो प्रिमियम रकम गत आवको सोही अवधिसम्मको तुलनामा ११.३१ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।  

सो अवधिसम्म आइपुग्दा सबै बीमकको व्यवसाय उल्लेख्य बढेको छ । सर्वाधिक व्यवसाय भित्र्याउनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले सो अवधिसम्म ३६ अर्ब ८६ करोड १९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ११.६४ प्रतिशत बढी हो ।  

त्यस्तै, नेशनल लाइफले १७ अर्ब ७ करोड, एलआइसी नेपालले १५ अर्ब १७ करोड, हिमालयन लाइफले १३ अर्ब २६ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ११ करोड, सूर्यज्योति लाइफले ८ अर्ब ५५ करोड, एशियन लाइफले ७ अर्ब २४ करोड, सिटिजन लाइफले ६ अर्ब ६ करोड, सानिमा रिलायन्स लाइफले ५ र्ब ४२ करोड, आइएमई लाइफले ४ अर्ब ९्र५ करोड, मेट लाइफले ४ अर्ब ९० करोड, रिलायबल नेपाल लाइफले ४ अर्ब ४४ करोड, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १९ करोड र सन नेपाल लाइफले ३ अर्ब १७ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् ।

गत आवको तुलनामा सबैभन्दा बढी व्यवसाय ग्रोथ गर्ने कम्पनीमा भने आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको व्यवसाय गत आवको तुलनामा ३१.२३ प्रतिशतले बढेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.