पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी गड्तौला, ३५ दिन मात्र पदमा रहने
काठमाण्डौ। सरकारले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो । यससँगै उनी नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन्।उनी यसअघि कामु मुख्यसचिवको रुपमा कार्यरत थिइन् । यसअघि उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो ।