काठमाण्डौ। सरकारले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो । यससँगै उनी नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन्।
उनी यसअघि कामु मुख्यसचिवको रुपमा कार्यरत थिइन् । यसअघि उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो ।
गड्तौलाको जन्म विस २०२३ साल भदौ १५ मा तेर्हथुममा भएको हो । उनी विस २०५२ सालमा न्याय सेवा अन्तर्गत कानुन समूहबाट शाखा अधिकृत बनेकी थिइन् । गड्तौला आगामाी भदौ १५ बाट सेवा निवृत्त हुनेछिन् । यसर्थ उनी अबको करिब ३५ दिन मात्र उनी मुख्यसचिव रहनेछिन् ।