पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणमा प्रहरीलाई झट्का, अदालतले दिएन अनुमति
काठमाण्डौ । ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिन अस्वीकार गरेको छ।उपसभामुख रुवीकुमारी ठाकुरले श्रेष्ठविरुद्ध सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा ललितपुर प्रहरीले श्रेष्ठलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो।तर अदालतले तत्काल पक्राउ अनुमति दिन अस्वीकार गरेको हो।

