मंगलवार, भाद्र २,२०८३ 05:13:20
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 05:13:20
Bizshala
Global IME Bank Limited

पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणमा प्रहरीलाई झट्का, अदालतले दिएन अनुमति

पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणमा प्रहरीलाई झट्का, अदालतले दिएन अनुमति
New Office

 

काठमाण्डौ । ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिन अस्वीकार गरेको छ।

उपसभामुख रुवीकुमारी ठाकुरले श्रेष्ठविरुद्ध सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा ललितपुर प्रहरीले श्रेष्ठलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो।

तर अदालतले तत्काल पक्राउ अनुमति दिन अस्वीकार गरेको हो।

Bizshala
CG Motors

यसैबीच श्रेष्ठले मंगलबार उच्च अदालतमा निषेधाज्ञाको निवेदनसमेत दायर गरेका छन्। उनले आफूमाथि धरपकड नगर्न, पक्राउ नगर्न तथा आफ्ना उपकरण बरामद नगर्न आदेश माग गर्दै निवेदन दिएका हुन्।

श्रेष्ठ सोमबार मात्रै सर्वोच्च अदालतको परमादेशपछि रिहा भएका थिए।

उपसभामुख ठाकुरको जाहेरीपछि पुनः पक्राउ प्रक्रिया अघि बढाउन खोजिए पनि ललितपुर जिल्ला अदालतबाट अनुमति नआएपछि तत्कालका लागि उनको पक्राउ टरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.