विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता दिँदै ललितपुर महानगरको नीति सार्वजनिक
काठमाण्डौ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विकास, सुशासन र नागरिकमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ। महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुक्रबार आयोजित नवौँ नगरसभामा आगामी वर्षका लागि तयार पारिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

