सोमबार, श्रावण १८,२०८३ 08:26:03
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 08:26:03
Bizshala
Global IME Bank Limited

पैदलयात्रीको सुरक्षा बढाउन ‘स्मार्ट सेफ्टी ब्यारिकेट’ सञ्चालनमा

पैदलयात्रीको सुरक्षा बढाउन ‘स्मार्ट सेफ्टी ब्यारिकेट’ सञ्चालनमा
New Office

 

काठमाण्डौ । पैदलयात्रीको सुरक्षा बढाउने उद्देश्यले ललितपुर महानगरपालिकाले जावलाखेलमा ‘स्मार्ट सेफ्टी ब्यारिकेट’ सञ्चालनमा ल्याएको छ।

महानगरपालिकाका अनुसार नेपालमै पहिलोपटक प्रयोगात्मक रूपमा जडान गरिएको यो प्रणालीले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनसँगै सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

ललितपुर महानगरपालिका नगर प्रहरी बलका प्रमुख सीताराम हाछेथुका अनुसार स्मार्ट सेफ्टी ब्यारिकेट ट्राफिक बत्तीसँग समन्वय गरी सञ्चालन हुन्छ। यसले पैदलयात्रीलाई तोकिएको समयमा मात्रै जेब्रा क्रसिङ प्रयोग गर्न प्रोत्साहित गर्नेछ।

पैदलयात्रीका लागि हरियो बत्ती बल्दा ब्यारिकेट स्वतः खुल्ने र रातो बत्ती बल्दा बन्द हुने व्यवस्था मिलाइएको छ। यसबाट रातो बत्ती बलिरहेका बेला सडक पार गर्ने प्रवृत्ति नियन्त्रण गर्न मद्दत पुग्ने महानगरको विश्वास छ।

ब्यारिकेटमा सेन्सर प्रणालीसमेत जडान गरिएको छ। पैदलयात्री सडक पार गर्ने क्रममा बीचमै रहेको अवस्थामा ब्यारिकेट बन्द हुँदैन। यसले सडक पार गरिरहेका व्यक्तिलाई सुरक्षित रूपमा आवतजावत गर्न सहयोग पुग्नुका साथै सम्भावित दुर्घटनाको जोखिम कम गर्ने महानगरले जनाएको छ।

जेब्रा क्रसिङबाहेक अन्य स्थानबाट सडक पार गर्ने प्रवृत्ति रोक्न सडकको दायाँ–बायाँ गमला राख्ने तयारीसमेत गरिएको छ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले विगतमा ट्राफिक नियमको बेवास्ता र जेब्रा क्रसिङको उचित प्रयोग नहुँदा पैदलयात्री दुर्घटनाका घटना बढेको बताए।

उनले स्मार्ट सेफ्टी ब्यारिकेटले पैदलयात्री र सवारीचालक दुवैका लागि सुरक्षित तथा व्यवस्थित सडक वातावरण निर्माण गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

हाल जावलाखेलका दुई स्थानमा परीक्षणका रूपमा स्मार्ट सेफ्टी ब्यारिकेट जडान गरिएको छ। परीक्षण सफल भए ललितपुर महानगरभित्र ट्राफिक लाइट रहेका सबै चोकमा यो प्रणाली क्रमशः विस्तार गर्ने योजना रहेको महानगरले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.