BANKING

एनआईसी एशिया बैंकले ८.१७% ब्याजदरमै सेयरधितो कर्जा दिने

काठमाण्डौ । एनआईसी एशिया बैंकले निकै सस्तो ब्याजदरमा सेयर धितो कर्जाको स्किम ल्याएको छ ।  बैंकले औसत आधार दरमा १ प्रतिशत मात्र प्रिमियम थपेर आकर्षक कर्जा योजना सार्वजनिक गरेको हो । हालको दरअनुसार बैंकले ८.१७ प्रतिशत ब्याजदरमा यस्तो लोन उपलब्ध गराइने घोषणा गरेको छ ।