नेपाली बिजुलीको बजार खोज्न निजी क्षेत्र मैदानमा, सरकारबाट एलओआई
काठमाण्डौ । नेपालको विद्युत् व्यापारमा निजी क्षेत्र प्रवेश गर्ने बाटो औपचारिक रूपमा खुलेको छ। सरकारले निजी क्षेत्रका कम्पनीलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (लेटर अफ इन्टेन्ट–एलओआई) प्रदान गरेसँगै हालसम्म विद्युत् उत्पादनमा केन्द्रित निजी क्षेत्र अब व्यापार र बजार खोजीमा समेत सक्रिय हुन पाउने भएको हो।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णयअनुसार...

