डिजीटल गोल्ड: ९०० अर्ब डलरको विश्व बजार हल्लाइदिनसक्छ, सुनलाई बैंक खाताजस्तै प्रयोग गर्न सकिने
काठमाण्डौ । लण्डनको ऐतिहासिक सुन बजारमा अब डिजिटल क्रान्ति आउन लागेको छ। विश्व सुन परिषद् (World Gold Council – WGC) ले हालै ‘Pooled Gold Interests’ (PGIs) नामक नयाँ डिजिटल सुन प्रणाली घोषणा गरेको छ, जसले ९०० अर्ब डलरभन्दा बढीको विश्वकै ठूलो सुन बजारलाई हल्लाउने आँकलन गरिएको छ।