बिहीबार, असार १८,२०८३ 12:51:08
Bizshala
  • बिहीबार, असार १८,२०८३ 12:51:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डिजीटल गोल्ड: ९०० अर्ब डलरको विश्व बजार हल्लाइदिनसक्छ, सुनलाई बैंक खाताजस्तै प्रयोग गर्न सकिने

Laxmi Sunrise Bank Limited
डिजीटल गोल्ड: ९०० अर्ब डलरको विश्व बजार हल्लाइदिनसक्छ, सुनलाई बैंक खाताजस्तै प्रयोग गर्न सकिने

काठमाण्डौ । लण्डनको ऐतिहासिक सुन बजारमा अब डिजिटल क्रान्ति आउन लागेको छ। विश्व सुन परिषद् (World Gold Council – WGC) ले हालै ‘Pooled Gold Interests’ (PGIs) नामक नयाँ डिजिटल सुन प्रणाली घोषणा गरेको छ, जसले ९०० अर्ब डलरभन्दा बढीको विश्वकै ठूलो सुन बजारलाई हल्लाउने आँकलन गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

डिजिटल सुन के हो?

PGI मार्फत लगानीकर्ता वा बैंकहरूले भौतिक सुनमा प्रत्यक्ष स्वामित्व नभई अंशगत स्वामित्व पाउनेछन्। यसलाई बैंक खातामा रहेको रकमजस्तै सजिलै कारोबार गर्न सकिनेछ। यसरी सुनलाई तरल (liquid) सम्पत्ति बनाइन्छ र आवश्यक पर्दा सुरक्षित कोलेटरल (collateral) को रूपमा प्रयोग गर्न सकिनेछ।

यस अवधारणाले परम्परागत ‘allocated gold’ (सीधै व्यक्तिको नाममा राखिएको सुन) र ‘unallocated gold’ (सामूहिक रूपमा राखिएको सुन) दुवैको लाभलाई जोड्ने प्रयास गरेको छ।

२०२६ देखि परीक्षण सुरु

यो डिजिटल सुन प्रणालीको परीक्षण २०२६ को पहिलो त्रैमासिक (Q1) मा लण्डनमै सुरु हुनेछ। प्रमुख अन्तर्राष्ट्रिय बैंक, ट्रेडिङ हाउस र कानुनी परामर्शदाता कम्पनी Linklaters यसमा सहभागी हुनेछन्। WGC ले कानुनी ढाँचा तयार गरिसकेको छ, जसले भविष्यमा सुनको डिजिटल कारोबारलाई थप स्पष्ट र सुरक्षित बनाउनेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

किन आवश्यक पर्‍यो डिजिटल सुन?

WGC का प्रमुख कार्यकारी डेविड टाइटका अनुसार, "सुन अहिले स्थिर सम्पत्ति हो जसबाट प्रत्यक्ष आम्दानी हुँदैन। तर डिजिटल स्वरूपले यसलाई उत्पन्नशील बनाउँदै आधुनिक वित्तीय प्रणालीमा थप उपयोगी बनाउन सक्छ।"

अर्थात् बैंकहरूले सुनलाई राख्ने मात्र होइन, यसलाई ऋण वा अन्य वित्तीय कारोबारमा प्रयोग गरेर प्रतिफल पनि लिन सक्नेछन्।

तर आलोचना पनि छ

तर सबैले यसलाई खुलेर समर्थन गरेका छैनन्। BullionVault का अनुसन्धान निर्देशक एड्रियन अशले भने, "सुन पहिले नै उत्कृष्ट सम्पत्ति वर्ग हो। यो नयाँ मोडल त समस्यै नभएको ठाउँमा समाधान खोजेजस्तो देखिन्छ।"

अर्को कदम

यदि परीक्षण सफल भयो भने, डिजिटल सुनले ओटीसी (over-the-counter) लण्डन बजारमा नयाँ लेनदेन प्रणाली जन्माउन सक्छ। यसले पारदर्शिता, गतिशीलता र आधुनिकरणमा ठुलो क्रान्ति ल्याउने अपेक्षा गरिएको छ।

अब सुनलाई केवल धातुको भण्डारको रूपमा होइन, डिजिटल बैंक खाताजस्तै चलनचल्तीमा ल्याउने बाटो खुल्न लागेको छ। लण्डनको यो पहल सफल भयो भने विश्वभरको सुन बजारको स्वरूपै बदलिन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.