कोशी–बागमतीमा बदली बढ्यो, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
काठमाण्डौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुप्रणालीको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमी प्रणालीको प्रभावका कारण देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने क्रम बढेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम अझै मुख्यतया सफा रहेको छ ।

