मंगलवार, श्रावण १९,२०८३ 01:00:57
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 01:00:57
Bizshala
Global IME Bank Limited

कोशी–बागमतीमा बदली बढ्यो, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

कोशी–बागमतीमा बदली बढ्यो, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
New Office

काठमाण्डौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुप्रणालीको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

उक्त मौसमी प्रणालीको प्रभावका कारण देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने क्रम बढेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम अझै मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार बुधबार पश्चिमी वायु र स्थानीय वायुप्रणालीको संयुक्त प्रभावका कारण देशका केही जिल्लामा मध्यमदेखि भारी वर्षासमेत भएको थियो ।  

आज बिहीबार पनि विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदली रहने सम्भावना रहेको छ ।

पूर्वानुमानअनुसार दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्यदेखि मध्यम बादल लाग्नेछ ।  

यस्तै मधेश प्रदेशका केही क्षेत्र, बागमती र गण्डकी प्रदेशका तराई भू-भाग तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।  

बाँकी तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।  

त्यस्तै मधेश प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । 

बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा समेत छिटपुट वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यसैबीच सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागमा तातो दिनको अवस्था कायम रहने महाशाखाले जनाएको छ ।  

उच्च तापक्रमका कारण ती क्षेत्रमा गर्मीको प्रभाव अझै केही दिन रहन सक्ने मौसमविद्हरूको अनुमान छ ।

रातिको मौसम अवस्थाबारे महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहने जनाएको छ ।  

मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई भू-भाग तथा अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यस्तै रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावनासमेत औँल्याइएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.