कोशीसहित पहाडी क्षेत्रमा मेघगर्जन र वर्षाको चेतावनी
काठमाण्डौ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र पूर्वीय वायुको संयुक्त प्रभावका कारण मौसममा परिवर्तन देखिएको छ। यस प्रभावले देशका विभिन्न भू–भागमा बदली तथा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

