म्याग्दीका विभिन्न ठाउँमा पहिरो, गिवाङमा दुई जनाको शव फेला; दुई जनाको जीवितै उद्धार
काठमाण्डौ । निरन्तरको वर्षासँगै म्याग्दीका विभिन्न स्थानमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ भने पहिरोमा फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ।अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा आइतबार गएको पहिरोमा पुरिएका दुई जनाको शव फेला परेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ।सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार पहिरोमा परी गिवाङकी ७५ वर्षीया...

