११ वर्षअघि बेपत्ता मलेसियाली विमानको पुनः खोजी हुने, फेला पार्नेलाई ७० मिलियन डलर दिने घोषणा
काठमाण्डौ । मलेसिया एयरलाइन्सको उडान एमएच३७० को भग्नावशेषको खोजी फेरि सुरु हुने भएको छ । मलेसियाका अधिकारीहरूले डिसेम्बर ३० बाट खोजी सुचारु गर्ने बताएका छन् ।एमएच३७० २०१४ मार्चमा उडानको क्रममा राडारबाट हराएको थियो। यो उडान क्वालालम्पुरबाट उडेको थियो र बेइजिङ पुग्न सकेको थिएन । उक्त विमानमा २२७ यात्रु र १२ जना चालक दलका सदस्य थिए । त्यतिबेला यो बोइङ ७७७ विमान भियतनामी हवाई...

