काठमाण्डौ । अमेरिकी फास्ट फुड रेष्टुरेन्ट चेन कम्पनी केएफसीले मलेसियाका आउटलेटहरु बन्द गरेको छ । मलेसियाका स्थानिय मिडियाका अनुसार केएफसीको इजरायलसँगको सम्बन्धका कारण ग्राहकहरुले बहिष्कार गरेपछि कम्पनीले आउटलेटहरु अस्थाई कालका लागि बन्द गरेको हो ।
कम्पनीले चुनौतिपूर्ण आर्थिक अवस्थाका कारण मलेसियाका आउटलेटहरु बन्द गर्नु परेको जनाएको छ । बहुसंख्यक मुस्लिम जनसंख्या भएको मलेसिया, प्यालेस्टिनीहरूको कट्टर समर्थक हो । इजरायलले गाजामा गरेको सैन्य कारवाहीको विरोध जनाउँदै अन्य केहि मुस्लिम देशहरु जस्तै मेलसियामा पनि केहि पश्चिमी फास्ट फूड ब्राण्डहरूमाथि बहिष्कार अभियानको थालनी भएको छ ।
मेलसियामा केएफसी र पिज्जा हटको फ्रन्चाईजी लिएको क्यूएसआर ब्राण्ड होल्डिङ बीएचडीले चुनौतिपूर्ण आर्थिक अवस्थाका कारण मेलिसाका आउटलेटहरु अस्थाई कालका लागि बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।
यसबाट कतिवटा आउटलेट प्रभावित हुनेबारे भने कम्पनीले केहि पनि उल्लेख गरेको छैन । तर स्थानिय मिडियाका अनुसार १ सयभन्दा बढी आउटलेटहरु बन्द भएका छन् । बन्द भएका आउटलेटका कर्मचारीहरुलाई ग्राहकहरुको संख्या धेरै हुने अन्य आउटलेटहरुमा स्थानान्तरण गरिने क्यूएसआर ब्राण्डले जनाएको छ । -एजेन्सी