आईपीओ जारी गर्न लागेका लघुबीमकको व्यवसाय २५१.०१% ले वृद्धि, कुनको कति ?
काठमाण्डौ । आईपीओ जारी गर्न लागेका लघुबीमा कम्पनीहरुले एक अर्ब रुपैयाँ भन्दा बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार ७ लघुबीमा कम्पनीले चालु आवको ८ महिनासम्ममा एक अर्ब ३० करोड ४२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । प्राधिकरणका अनुसार जीवन लघुबीमकहरुले सो अवधिसम्म ७२ करोड ४६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् भने निर्जीवन लघुबीमकहरुले ५७ करोड...