बुधबार, चैत्र २०,२०८१ 02:05:20
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:05:20
IME remit
Global IME Bank Limited

लघुविमा कम्पनी: मुद्दतिमा पैसा राखेर ब्याज खाँदै, लगानी विविधिकरणमा उदासीन

Hyundai Nepal
लघुविमा कम्पनी: मुद्दतिमा पैसा राखेर ब्याज खाँदै, लगानी विविधिकरणमा उदासीन
Nabil Bank Limited

काठमाण्डौ । लघुबीमा कम्पनीहरुले हालसम्म चारवटा क्षेत्रमा मात्रै लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको पहिलो त्रैमाससम्म ७ लघुबीमा कम्पनीले चार सेक्टरमा ३६ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ लगानी गरेका छन् ।  

हाल लघुबीमा कम्पनीहरुले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर र ऋणपत्र, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयर ९सेयरबजार० र नागरिक लगानी कोष तथा म्युचुअल फण्ड सेक्टरमा लगानी गरेका छन् ।  

हाल तीन लघु जीवन बीमा र चार निर्जीवन लघुबीमा गरी कुल ७ वटा लघुबीमा कम्पनीहरु सञ्चालनमा छन् । यी कम्पनीहरुले पहिलो त्रैमाससम्म यी चार क्षेत्रमा झण्डै ३७ अर्ब रुपैयाँ लगानी गरेका छन् ।  

Shivam Cement
Bizshala
CG Motors

लघुबीमा कम्पनीहरुको सर्वाधिक मुद्दती निक्षेपमा लगानी रहेको छ । लघुबीमकहरुको कुल लगानीको ९९।१७ प्रतिशत रकम मुद्दतीमा मात्रै सीमित रहेको छ । पहिलो त्रैमाससम्म ७ लघुबीमकको ३६ अर्ब ६९ करोड रुपैयाँ रकम मुद्दती निक्षेपमा थुप्रिएको छ ।  

प्राधिकरणको लगानी निर्देशिका बमोजिम लघुबीमा कम्पनीले कुल लगानी रकमको १५ प्रतिशत रकम क वर्गको बैंकमा, १० प्रतिशत रकम ख वर्गको बैंकमा र बढीमा ५ प्रतिशत रकम ग वर्गको वित्तीय संस्थामा मुद्दती निक्षेपको रुपमा लगानी गर्न पाउने व्यवस्था छ ।  

लघुबीमा कम्पनीहरु सञ्चालनमा आएको एक वर्ष मात्रै भएकाले जोखिम कम हुने क्षेत्रमा लगानी गर्न बढी केन्द्रित भएको लघुबीमक संघका अध्यक्ष चिरायु भण्डारीले बताए । बैंकको मुद्दती निक्षेपमा लगानी गर्दा जोखिम कम हुने र केही प्रतिशत भएपनि ब्याज प्रतिफल पाइने उनको धारणा छ । साथै कम्पनीहरुको व्यवसाय बृद्धिदरसँगै अन्य सेक्टरमा पनि लगानी विविधिकरण हुँदै जाने भण्डारीले बताए ।  

त्यस्तै, सेयरबजारमा भने लघुबीमकहरुको लगानी १४ करोड १ लाख रुपैयाँ रहेको छ । हाल जीवन लघुबीमकतर्फ लिबर्टी माइक्रोलाइफ र निर्जीवन लघुबीमकतर्फ ट्रस्ट माइक्रो इन्स्योरेन्सले मात्रै सेयरबजारमा लगानी गरेका छन् । प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले कुल लगानी रकमको बढीमा १० प्रतिशत रकम यो क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तर हाल दुईवटा कम्पनीले मात्रै सेयरबजारमा लगानी गरेका छन् । कम्पनीहरुको व्यवसाय विस्तारै ग्रोथ हुँदै गएकाले तत्कालै लघुबीमकहरुको यो क्षेत्रमा लगानी नदेखिएको भण्डारीको भनाई छ ।  

त्यस्तै, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड, डिबेञ्चरमा भने लघुबीमकहरुको १३ करोड ५ लाख रुपैयाँ लगानी रहेको छ । यो क्षेत्रमा लिबर्टी माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्सले मात्रै लगानी गरेको छ ।  

नागरिक लगानी कोष तथा म्युचुअल फण्ड क्षेत्रमा भने लघुबीमकहरुको ३ करोड ५० लाख रुपैयाँ मात्रै लगानी रहेको छ । यो क्षेत्रमा लिबर्टी माइक्रो लाइफको २ करोड ५० लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सको १ करोड रुपैयाँ लगानी रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.