Bizshala
  • बुधबार, पुष ३०,२०८२ 07:35:33
Bizshala
Global IME Bank Limited

लघुविमा कम्पनी: मुद्दतिमा पैसा राखेर ब्याज खाँदै, लगानी विविधिकरणमा उदासीन

Hyundai Nepal
लघुविमा कम्पनी: मुद्दतिमा पैसा राखेर ब्याज खाँदै, लगानी विविधिकरणमा उदासीन
Shivam Cement

काठमाण्डौ । लघुबीमा कम्पनीहरुले हालसम्म चारवटा क्षेत्रमा मात्रै लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको पहिलो त्रैमाससम्म ७ लघुबीमा कम्पनीले चार सेक्टरमा ३६ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ लगानी गरेका छन् ।  

हाल लघुबीमा कम्पनीहरुले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर र ऋणपत्र, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयर ९सेयरबजार० र नागरिक लगानी कोष तथा म्युचुअल फण्ड सेक्टरमा लगानी गरेका छन् ।  

हाल तीन लघु जीवन बीमा र चार निर्जीवन लघुबीमा गरी कुल ७ वटा लघुबीमा कम्पनीहरु सञ्चालनमा छन् । यी कम्पनीहरुले पहिलो त्रैमाससम्म यी चार क्षेत्रमा झण्डै ३७ अर्ब रुपैयाँ लगानी गरेका छन् ।  

CG Motors
Bizshala
Garima Development Bank

लघुबीमा कम्पनीहरुको सर्वाधिक मुद्दती निक्षेपमा लगानी रहेको छ । लघुबीमकहरुको कुल लगानीको ९९।१७ प्रतिशत रकम मुद्दतीमा मात्रै सीमित रहेको छ । पहिलो त्रैमाससम्म ७ लघुबीमकको ३६ अर्ब ६९ करोड रुपैयाँ रकम मुद्दती निक्षेपमा थुप्रिएको छ ।  

प्राधिकरणको लगानी निर्देशिका बमोजिम लघुबीमा कम्पनीले कुल लगानी रकमको १५ प्रतिशत रकम क वर्गको बैंकमा, १० प्रतिशत रकम ख वर्गको बैंकमा र बढीमा ५ प्रतिशत रकम ग वर्गको वित्तीय संस्थामा मुद्दती निक्षेपको रुपमा लगानी गर्न पाउने व्यवस्था छ ।  

लघुबीमा कम्पनीहरु सञ्चालनमा आएको एक वर्ष मात्रै भएकाले जोखिम कम हुने क्षेत्रमा लगानी गर्न बढी केन्द्रित भएको लघुबीमक संघका अध्यक्ष चिरायु भण्डारीले बताए । बैंकको मुद्दती निक्षेपमा लगानी गर्दा जोखिम कम हुने र केही प्रतिशत भएपनि ब्याज प्रतिफल पाइने उनको धारणा छ । साथै कम्पनीहरुको व्यवसाय बृद्धिदरसँगै अन्य सेक्टरमा पनि लगानी विविधिकरण हुँदै जाने भण्डारीले बताए ।  

त्यस्तै, सेयरबजारमा भने लघुबीमकहरुको लगानी १४ करोड १ लाख रुपैयाँ रहेको छ । हाल जीवन लघुबीमकतर्फ लिबर्टी माइक्रोलाइफ र निर्जीवन लघुबीमकतर्फ ट्रस्ट माइक्रो इन्स्योरेन्सले मात्रै सेयरबजारमा लगानी गरेका छन् । प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले कुल लगानी रकमको बढीमा १० प्रतिशत रकम यो क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था छ ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit

तर हाल दुईवटा कम्पनीले मात्रै सेयरबजारमा लगानी गरेका छन् । कम्पनीहरुको व्यवसाय विस्तारै ग्रोथ हुँदै गएकाले तत्कालै लघुबीमकहरुको यो क्षेत्रमा लगानी नदेखिएको भण्डारीको भनाई छ ।  

त्यस्तै, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड, डिबेञ्चरमा भने लघुबीमकहरुको १३ करोड ५ लाख रुपैयाँ लगानी रहेको छ । यो क्षेत्रमा लिबर्टी माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्सले मात्रै लगानी गरेको छ ।  

नागरिक लगानी कोष तथा म्युचुअल फण्ड क्षेत्रमा भने लघुबीमकहरुको ३ करोड ५० लाख रुपैयाँ मात्रै लगानी रहेको छ । यो क्षेत्रमा लिबर्टी माइक्रो लाइफको २ करोड ५० लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सको १ करोड रुपैयाँ लगानी रहेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.