पाकिस्तानमा रहेका नेपाली नागरिक निरन्तर सम्पर्कमै छन् :परराष्ट्र मन्त्रालय
काठमाण्डौ । नेपाल सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी तथा अन्य नेपालीहरू निरन्तर सम्पर्क रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको जनाएको छ ।