राष्ट्रबैंकले मौद्रिक नीतिका लागि माग्यो सुझाव, कसरी पठाउने ?
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति निर्माणको तयारी थालेको छ । केन्द्रीय बैंकले सरोकारवालाहरुबाट सुझावहरु संकलन गर्ने लगायतका आन्तरिक तयारीहरु सुरु गरेको हो । पूर्वतयारी स्वरुप राष्ट्रबैंकले एक सूचना प्रकाशित गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सर्वसाधारणहरुबाट समेत सुझावहरु मागेको छ ।