मिस्टरबिस्टद्वारा टिकटक खरिद गर्ने इच्छा जाहेर
काठमाण्डौ । युट्युब तथा टिकटक स्टार ‘मिस्टरबिस्ट’ले टिकटक खरिद गर्न चाहेको बताएका छन् । अमेरिकामा सदाका लागि बन्द हुनबाट जोगिन ७५ दिनको समयावधि दिइएसँगै मिस्टरबिस्टले टिकटक खरिद गर्न चाहेको बताएका हुन् । ‘ठिक छ ! म टिकटक खरिद गर्छु ताकि यसमाथि प्रतिबन्ध नलागोस्,’ वास्तविक नाम जिम्मी डोनाल्डसन भएका मिस्टरबिस्टले एक्समा पोष्ट गरेका छन् । उनको भनाई मजाक जस्तो देखिएपनि उनी...