मुक्तिनाथ कृषि कम्पनीको साढे ६१ लाख कित्ता सेयरको लकइन खुल्दै
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको संस्थापक र कर्मचारीतर्फको गरी कुल ६१ लाख ६९ हजार ८ सय ५० कित्ता सेयरको लकइन अवधि सकिन लागेको छ।कम्पनीको संस्थापक समूहको ६० लाख ४५ हजार कित्ता र कर्मचारीलाई सुरक्षित गरिएको १ लाख २४ हजार ८५० कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो।

